दफा
कमिशन लिनेलाई सजाय
राष्ट्रसेवकले आफ्नो कर्तव्य पालनको सिलसिलामा वा   नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा सार्वजनिक संस्थालाई आवश्यक पर्ने कुनै वस्तु वा सेवा खरिद गर्दा वा भाडा वा लिजमा लिंदा दिंदा वा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा सार्वजनिक संस्थाले कुनै ठेक्कापट्टा लिंदा वा दिंदा वा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा सार्वजनिक संस्थाबाट उत्पादित वस्तु वा सेवा बिक्री गर्दा वा भाडा वा लिजमा लिदा दिंदा कुनै किसिमको कमिशन, पारिश्रमिक, दलाली दस्तुर, सुविधा वा लाभ प्राप्त हुने रहेछ भने त्यस्तो कमिशन, पारिश्रमिक, दलाली दस्तुर, सुविधा वा लाभ प्राप्त गरेको मितिले सात दिनभित्र सम्बन्धित कार्यालयमा दाखिला गर्नु पर्नेछ । त्यसरी दाखिला नगरेमा त्यस्तो राष्ट्रसेवकले दफा ३ बमोजिमको कसुर गरेको मानिनेछ र सोही बमोजिम सजाय गरी बिगो समेत जफत गरिनेछ ।